Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शर्माविरुद्धका उजुरी खोल्दै संसदीय सुनुवाइ समिति

शर्माविरुद्धका उजुरी खोल्दै संसदीय सुनुवाइ समिति

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ८ बजे बस्दैछ ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध परेका उजुरीहरू खोल्ने तथा आगामी सुनुवाइ प्रक्रियाको कार्ययोजना तय गर्ने कार्यसूची रहेको छ ।

समितिले वैशाख २६ गते डा. शर्माविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरेको थियो। उक्त अवधिमा कुल १६ वटा उजुरी दर्ता भएको समितिले जनाएको छ।

उजुरीकर्तालाई स्पष्ट आधार, तथ्य र प्रमाणसहित निवेदन पेश गर्न १० दिनको समय दिइएको थियो। साथै उजुरी दिने व्यक्तिले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको थियो।

सोमबार उजुरी दर्ताको समयसीमा सकिएसँगै अब समितिले प्राप्त उजुरीमाथि विस्तृत छलफल, अध्ययन र छानबिन प्रक्रिया अघि बढाउने भएको छ। त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष संसदीय सुनुवाइ गरिनेछ।

डा। शर्मालाई वैशाख २४ गते बसेको संवैधानिक परिषद् बैठकले नेपालको प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077