Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु, पहिलो चरणमा ३७८ जनाले पाए राहत

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु, पहिलो चरणमा ३७८ जनाले पाए राहत

सोमवार , जेठ ४, २०८३

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा फसेको बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । पहिलो चरणमा ३ वटा सहकारीका ३७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति का अनुसार आज पहिलो दिन कान्तिपुर सहकारी संस्था का २१५, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था का १५६ र पशुपति सहकारी संस्था का ७ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो।

समितिले प्रारम्भिक चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको र अब क्रमशः बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्ताको रकम फिर्ता गरिने जनाएको छ।

समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व रहेको छ। तीमध्ये ठूलो संख्या साना बचतकर्ताको रहेको बताइएको छ।

बचतकर्तालाई ५ लाख रुपैयाँभन्दा कम रकम भएकालाई साना बचतकर्ता र सोभन्दा बढी रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल ७६ हजार बचतकर्तामध्ये करिब १८ हजार जनाले ५ लाखभन्दा बढी रकम बचत गरेको विवरण पनि सार्वजनिक गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्तासँगै सहकारीका ऋण असुली प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको बताएकी छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077