Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कामिरिता शेर्पा ३२औं पटक सगरमाथाको शिखरमा

कामिरिता शेर्पा ३२औं पटक सगरमाथाको शिखरमा

आइतवार , जेठ ३, २०८३

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औँ पटक सगरमाथा शिखरको सफल आरोहण गरेका छन्।

कामिरिताले आज बिहान १०:१२ बजे ३२ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका हुन् ।

'३२औं पटक सफल आरोहणपछि कामिरिता र उनको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा छन्,' सेभेन समिट ट्रेक्सले आफ्नो फेसबुक पेजमा लेखेको छ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान रहेको छ  । 

उनले सन् २०२६ सम्म आइपुग्दा पर्वतारोहणको क्षेत्रमा अद्वितीय र अतुलनीय सफलता हासिल गरिसकेका छन् । 

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077