Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्बबढी बिगो माग

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्बबढी बिगो माग

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जसमा १३ जना व्यक्ति र एक चाइनिज कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दामा अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने, सहसचिवहरू सुरेश आचार्य र डण्डुराज घिमिरे, पूर्व सचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्याल पनि प्रतिवादी रहेका छन् ।

त्यसैगरी चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड का अध्यक्ष, परियोजना व्यवस्थापक र कम्पनीका म्यानेजरलाई समेत मुद्दामा समेटिएको छ ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार ठेक्का सम्झौतामा तोकिएको व्यवस्था विपरीत ठेकेदार कम्पनीलाई कर तथा राजस्व छुट दिई राज्यलाई हानी पुर्‍याइएको दाबीसहित मुद्दा अघि बढाइएको छ । 

अख्तियारले यसअघि २१ मंसिरमा पाँच पूर्वमन्त्रीसहितविरुद्ध मुद्दा दायर गरेको थियो भने ८ चैतमा पनि पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित अर्को प्रकरणमा छुट्टै मुद्दा दायर गरेको थियो । आज दायर गरिएको मुद्दा यस श्रृंखलाको तेस्रो चरणको कारबाही भएको बताइएको छ ।

उनीहरुमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बराबर बिगो कायम गरिएको सहायक अख्तियारले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077