ललितपुर। ललितपुरस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्।
पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
गौतमकाअनुसार बलराममाथि गतिशील सहकारीको चार करोड रुपैयाँ भन्दा बढी रकमको ठगेको आरोप छ।
उक्त विषयमा अनुसन्धान अघि बढाउन प्रहरीले पक्राउ गरेको हो ।
यस सहकारीको बचत रकम अपचलन कसुरमा अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बलराम राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति पूर्वअध्यक्षसमेत हुन् ।