Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चिकित्सकलाई परीक्षणबिना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

चिकित्सकलाई परीक्षणबिना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई बिना परीक्षण सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । 

शनिबार काउन्सिलका रजिष्ट्रार डा. शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् ।

काउन्सिलका अनुसार सामाजिक सञ्जालमा देखिने गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्ने र गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम उच्च हुन्छ ।

रजिष्ट्रार डा।देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको प्रत्यक्ष परीक्षण, आवश्यक जाँच र चिकित्सकीय मूल्याङ्कन बिना औषधि सेवनको सल्लाह दिनु खतरनाक हुन सक्ने बताए । 

त्यसैले काउन्सिलले चिकित्सकलाई बिरामीसँग सम्बन्धित सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने तथा सामाजिक सञ्जालमार्फत औषधि सिफारिस गर्ने कार्य नगर्न स्पष्ट रूपमा आग्रह गरेको हो ।

साथै काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको मात्र परामर्शमा औषधि लिन अनुरोध गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077