Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआईसी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

एनआईसी एशिया बैंकद्वारा आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मनहरी–८, मकवानपुरस्थित आमा घर सेवा आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ आरओ वाटर प्युरिफायर जडान गरेको छ । 
परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिइरहेको उक्त संस्थाका लागि यस बैंकका सर्कल हेड– नारायणगढका रामकृष्ण काफ्लेले आमा घर सेवा आश्रमका संरक्षक विजय राज सिग्देललाई मिति २०८३ वैशाख २ गते एक कार्यक्रमका बीच आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् । 

बैंकले उपलब्ध गराएको उक्त सहयोगले आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानीको सुविधा हुनुको साथै वहाँहरुको स्वास्थ्य तथा आश्रमको बसाई अझ सहजता हुने विश्वास लिएको बैंकले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077