Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ठमेलको एलओडी क्लब विश्वकै ४० औँ स्थानमा, एक वर्षमै ४ स्थान सुधार

ठमेलको एलओडी क्लब विश्वकै ४० औँ स्थानमा, एक वर्षमै ४ स्थान सुधार

बुधवार , बैशाख २, २०८३

काठमाडौं । ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको सूचीमा ४०औँ स्थानमा पर्न सफल भएको छ ।

बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ले सार्वजनिक गर्ने ‘टप १०० क्लब’ सूचीमा एलओडीले उल्लेखनीय प्रगति गर्दै यस वर्ष चार स्थान सुधार गरेको हो।

सन् २०२५ मा ४४औँ स्थानमा रहेको एलओडी क्लब यसपटक ४०औँ स्थानमा उक्लिएको छ । यसअघि क्लबले सन् २०२२ मा ५२औँ, २०२३ मा ४९औँ र २०२४ मा ५०औँ स्थान हासिल गरेको थियो ।

हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई सार्वजनिक गरिने यो सूचीमा यसपटक विश्वभरका पाँच सयभन्दा बढी क्लब सहभागी भएका थिए।

एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धि केवल क्लबको मात्र नभई देशकै गौरव भएको बताए ।

उनले टीमवर्क, रचनात्मकता र उच्चस्तरीय सेवाका कारण क्लबले निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्य रहेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077