Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

१४ वर्ष अघि थापाथलीको २७ आना जग्गा हत्याएका हिमालयन बैंकका सीइओ राणाका भाइसहित दुइ जना फरार, दुइ पक्राउ

१४ वर्ष अघि थापाथलीको २७ आना जग्गा हत्याएका हिमालयन बैंकका सीइओ राणाका भाइसहित दुइ जना फरार, दुइ पक्राउ

बुधवार , बैशाख २, २०८३

काठमाडौं । आफूलाई सभ्रान्त परिवारको सदस्य बताउने चार जना व्यक्तिले १४ वर्षदेखि करौडौं नतिरी नृपशमशेर राणाको परिवारलाई नै घर न घाटको बनाएको रहस्य खुलेको छ । 

८५ वर्षको नृपशमशेर राणालाई छलकपट गरी जग्गा पास गरेर १४ वर्षदेखि उल्टै मुद्दा मामिलामा फसाई दुःख दिनेहरुमा अमर केशर सिंह, सुभासनम शाह, नविन राउत र अमरशमशेर राणा छन् । 

उनीहरु चारैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको दुई महिना पुगिसकेको छ । आफूलाई धनाढ्य बताउँदै आउने उक्त समूहले छलकपट गरी २०६८ असार २२ गते साढे ६ करोडमा जग्गा खरिद गरेका थिए । 

महावीर विल्डर्स प्रालि नामको कम्पनी खोलेर उनीहरू ४ जनाले थापाथलीमा रहेको नृपशमशेर जबराको २७ आना ६ करोडमा खरिद गरेका थिए । २०६८ असारमा जग्गा खरिद गर्दा उनीहरुले पाँच करोडको दुईवटा चेक दिएको र सो चेक नसाटिएपछि जग्गाधनीले अदालतमा चेक अनादरको मुद्दा दायर गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ९ मा बिगो भराउने फैसला गरेको थियो । तर, बिगो रकम दाखिला नगरेपछि बादीको निवेदनको आधारमा २०८२ माघ २३ मा अदालतले पुनः उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले बिगो बापत प्रतिवादीहरूलाई २ वर्ष कैदमा राख्न आदेश गरेको छ ।

जग्गा विक्री गर्दा नृपशमशेर ८५ वर्षका थिए । कानून अनुसार ८० वर्ष भन्दा माथिका व्यक्तिले अचल सम्पत्ति खरिद बिक्री गर्दा संरक्षक चाहिले प्रवन्ध छल्न उनीहरुले नृपशमशेरलाई झुलाएर एक नक्कली संरक्षक खडा गरी जग्गा पास गराएका थिए । 

नृपशमशेरका नाती दीपालका अनुसार काम गर्ने व्यक्तिलाई संरक्षक बनाई वडा सचिवलाई सिफारिस गर्न लगाएर अमरकेशर सिंह र उनको समूहले जग्गा हत्याएको हो । 

उनीहरूले महाविर विल्डर्स प्रालिको चेककको भरमा थापाथली जस्तो काठमाडौंको मुटुमा रहेको जग्गा हत्याएका थिए ।subhasanam.jpg

फरार रहेका अमरशमशेर राणा भने नेपालकै पहिलो गभर्नर हिमालय शमशेर राणाका छोरा तथा हिमालयन बैंकका सीइओ अशोक राणाका भाइ हुन् । अमरशमशेरलाई सीइओ राणाले नै जोगाउँदै आएको पीडित पक्षको दावी छ । 

चार जनामध्ये नविन राउत गत फागुन ७ गते पक्राउ परि पुर्पक्षका लागि सुन्धारास्थित सेन्टर जेल चलान भएका छन् । 

सिंहलाई भने अपराध महाशाखाले पक्राउ गरेको छ । गत चैत २८ गते चित्लाङबाट पक्राउ परेका सिंह विरामी भएको वहानामा गंगालाल अस्पतालको सीसीयूमा भर्ना भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले मानार्थ जनरलको उपाधि दिएका दिवंगत भरतकेशर सिंहका पुत्र हुन्–अमर केशर सिंह । 

nabin.jpg

पक्राउ परेकै दिन सिंहलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल पुर्याइएको थियो । अस्पतालले सिंहले मादक पदार्थ सेवन नगरेको, उनको शरिरमा कुनै चोटपटक नभएको र शरिरको भित्री भागमा पनि कुनै समस्या नभएको भन्दै प्रहरीलाई पत्र दिएको छ । 

तर, छात्ति दुख्यो, धेरै गाह्रो भयो भन्दै गंगालाल अस्पताल पुगेका सिंहलाई त्यहाँका चिकित्सक डा. सुशान्त घिमिरेले सीसीयूमा भर्ना गरिदिए । सिहं र घिमिरेको यो चलाखी बुझिनसक्नु भएको पीडितले बताएका छन् । 

महाविर विल्डर्समा यी चारै जनाको बराबर सेयर रहेको छ । सिंह भने उक्त कम्पनीको अध्यक्ष छन् । महाविरले नृपशमशेर जवरासँग २०६८ साल असार २२ गते थापाथलिमा रहेको १ रोपनी १० आन ३ पैसा ३ दाम जग्गा ६ करोड ५० लाखमा खरिद गरेको थियो । 

amar keshar.jpg

उनीहरुले १ करोड ५० लाख नगद दिएर बाँकी रकम ५ करोडको भने महाविरकै दुईवटा चेक दिएका थिए । जग्गा विक्री गर्ने नृपशमशेरको देहावसन भइसकेको छ । उनका छोरा दिपक र नाति दीपाल १४ वर्षदेखि उक्त रकमको लागि अदालनको ढोका ढकढक्याइरहेका छन् । 

महाविर विल्डर्सले नृपशम्शेरलाई दिएको २ बटा चेक भुक्तानी नभएपछि काठमाडौं जिल्ला अदालतमा २०६९ चैत्र १६ गते मुद्दा नं ३९–०६९–०३९२९ र मिति २०६९ चैत्र ३१ गते मुद्दा नं ३९–०६९–०३९३० दर्ता भएको थियो । 

उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०७१ वैशाख ९ गते वादी दावी पुग्ने फैसला भएको थियो । जिल्ला अदालत काठमाडौंले चेक अनार मुद्दामा महाविरका विल्डर्सका सञ्चालकहरुमाथि पक्राउ पुर्जी जारी गर्दै उनीहरुरलाई दुई/दुई वर्ष थुनामा पठाउने फैसला गरेको छ । सँगसँगै पीडितलाई रकम भराउन पनि आदेश गरिसकेको छ । 

जिल्ला अदालतको उक्त फैसलालाई उच्च अदालत पाटनले पनि २०७२ चैत १२ गते सदर गरेको थियो । 

सर्वोच्च अदालतले पनि जिल्ला र उच्चकै फैसलालाई सदर गर्दै यी चारैजनाबाट १० करोड असुल उपर गर्नु भन्ने आदेश गरेको छ । 

सर्वोच्च अदालतले दीपकशमशेर राणा र उनका छोरा दीपाललाई १० करोड दिनुपर्ने फैसला गरेको छ । २०८० चैत १८ गते सर्वोच्चले यी चारै जनालाई १० प्रतिशत ब्याजसहित १० करोड भराउने फैसला गरेको हो । र, पनि उनीहरुले अझै रकम नदिई उल्टै पीडितलाई नै धम्क्याउँदै आइरहेका छन् ।  

amar samser.jpg

नृमशमशेरले बेचेको थापाथलीको जग्गाको मूल्य अहिले ३० करोड भन्दा बढी पर्छ । तर, अहिलेसम्म उनका परिवारले न पैसा पाए न त जग्गा नै फिर्ता । 

अझ रोचक पक्ष त के छ भने २०६८ असार २२ गते खरिद गरेको जग्गा महाविर विल्डर्सले त्यसको भोलिपल्टै अर्थात २०६८ असार २३ गते नै दिपेन्द्र ठकुरीलाई पास गरिदिएको थियो । 

सम्बन्ध राम्रो भएका कारण चेकको भरमा जग्गा राजीनामा पास गरेर दिएका नृपशमशेरका छोरा दीपकको परिवार यतिबेला घर न घाटको बनेको छ । तीनै तहका अदालतबाट आफ्नो पक्षमा फैसला आउँदा पनि रकम नपाएकोप्रति उनी दुःखी छन् ।

dipak sam.jpg

नृपशमशेरका नाती दीपाल भन्छन्–‘कस्तो अचम्म, तीन वटै अदालतले हाम्रो पक्षमा फैसला गरेको छ । अझै दुइ जना पक्राउ पर्न बाँकी नै छन् । तर, पक्राउ परेकालाई डाक्टर जस्तो व्यक्तिले जालसाँझी गरी अस्पतालमा भर्ना गराएर राखेका छन् । जेनजी आन्दोलनपछि न्याय पाउने आश गरेका थियौं । तर, मिलेमतोमै पीडितलाई झन पिडा दिने काम अझै रोकिएको रहेनछ ।’

हिमालयन बैंकका सीइओ राणासँग उनको भाइ अमरशमशेर राणाको बारेमा प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077