Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागढुंगा सुरुङमार्गको शुल्क सार्वजनिक : कारलाई ६५ रुपैयाँ, भारी सवारीलाई ६ सयसम्म

नागढुंगा सुरुङमार्गको शुल्क सार्वजनिक : कारलाई ६५ रुपैयाँ, भारी सवारीलाई ६ सयसम्म

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । नागढुंगा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने शुल्क दर सरकारले औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

सरकारले २०८२ साल साउन २६ गते नै निर्धारण गरेको दस्तुर दर बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक गरेको हो ।

नयाँ दर अनुसार सवारी साधनको प्रकारअनुसार फरक–फरक शुल्क लाग्नेछ, जसमा काठमाडौं छिर्दा र बाहिरिँदा छुट्टाछुट्टै दर तोकिएको छ ।

सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने छ । मिनीबस, मिनी ट्रिपर/ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ तिर्नुपर्छ ।

बस, ट्रक (सिंगल रियर एक्सल) को हकमा काठमाडौं छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ दस्तुर तोकिएको छ ।

मल्टी एक्सल ट्रक/सवारी साधन र भारी उपकरणलाई भित्र छिर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तोकिएको छ ।

सरकारले नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि ट्राफिक व्यवस्थापन सहज हुने, यात्रा समय घट्ने र इन्धन बचत हुने अपेक्षा गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077