Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूमिमन्त्री प्रतिभा रावलद्वारा सहकारी पीडितहरुसँग छलफल

भूमिमन्त्री प्रतिभा रावलद्वारा सहकारी पीडितहरुसँग छलफल

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन्।

सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्य लिएको सन्दर्भमा उनले पीडितहरूसँग संवाद अघि बढाएकी हुन्। 

लामो समयदेखि बचत फिर्ता नपाएका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था राख्ने अवसर पाएका छन्।उक्त छलफलले सहकारीपीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ। 

आज बिहानैदेखि मन्त्रालय परिसरमा देशभरका विभिन्न सहकारी संस्थाबाट प्रभावित बचतकर्ताहरू भेला भई आफ्ना समस्या र गुनासा राखेका थिए ।

छलफलका क्रममा मन्त्री रावलले सहकारी पीडितका मुद्दालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरिन्।

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ थियो। 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077