Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘एमबीबीएस ठगी’ आरोपबारे प्रश्न सोध्दा जुरुक्क उठेर हिँडे श्रममन्त्री साह

‘एमबीबीएस ठगी’ आरोपबारे प्रश्न सोध्दा जुरुक्क उठेर हिँडे श्रममन्त्री साह

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । ‘एमबीबीएस पास गराइदिने भन्दै रकम लिएको’ आरोपबारे जवाफ दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पन्छिएका छन् ।

बुधबार आयोजित एक कार्यक्रममा पत्रकारले मन्त्री साहलाई एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम लिने तपाईँ नै हो ? भन्दै प्रश्न सोधेका थिए ।

तर उनी जवाफ नदिएरै कार्यक्रमस्थलबाट भागेका हुन् । पत्रकारले प्रश्न गरे, 'एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम लिने तपाईँ नै हो ?

यसमा मन्त्री साहले छोटो जवाफ दिँदै भने, “यदि त्यसमा सत्यता भएको भए म आज मन्त्री हुँदैनथेँ।”

यति भन्दै उनले थप प्रतिक्रिया नदिई हात जोडेर कार्यक्रमस्थल छाडेका थिए। प्रश्नकर्ताले पुनः 'नेपाल प्रहरी गलत हो ?' भनेर थप जिज्ञासा राखे पनि मन्त्री साहले कुनै जवाफ नदिएर भागे । 

मन्त्री साह यसअघि पुतलीसडकस्थित ‘वर्ल्ड वाइड कन्सल्टेन्सी’का सञ्चालक रहँदा एमबीबीएसमा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा २०७२ असोज १२ गते पक्राउ परेका थिए । सो प्रकरणमा प्रहरीले उनीसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो। 

उनीहरुले विभिन्न डाक्टरहरुसँग राम्रो चिनजान रहेकोले  काठमाडौँ विश्व विद्यालयबाट हुने एमविविएस परीक्षामा पास गरीदिन्छु तर पैसा लाग्छ भनी विश्वास दिलाई सायसा पन्तलाई २ लाख ठगी गरेका थिए।

पास गराउन नसक्ने एकिन भएपछि पीडितहरुले उनीविरुद्ध महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए ।अधिकारीले रकम बागेर्निङ गरी २ लाखको चेक लिए पश्चात अब काम हुन्छ, ढुक्क हुनुहोस भन्ने जस्ता आश्वासन दिदै गरेको अवस्थामा महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

महोत्तरी–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका रूपमा निर्वाचित साह हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जिम्मेवारीमा छन् ।

उनलाई प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री नियुक्त गरेका हुन् । जसकारण मन्त्री साह हाल विवादको केन्द्रमा छन् । 

46e46e11-54ae-4c20-bc57-8f3d170a8935.jpeg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077