Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेनजी आन्दोलनमा काठमाडौंबाट भागेका ७ जना कैदी पक्राउ

जेनजी आन्दोलनमा काठमाडौंबाट भागेका ७ जना कैदी पक्राउ

सोमवार , फाल्गुण ४, २०८२

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न कारागारबाट भागेका ७ जना कैदीबन्दी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा लमजुङको दूधपोखरी गाउँपालिका–४ घर भई हाल काठमाडौंको कलंकी बस्ने २० वर्षीय प्रियम गुरुङ, कञ्चनपुरको पुनर्वास नगरपालिका घर भई काठमाडौंको सुन्धारा बस्ने २३ वर्षीया बबिता तामाङ, रसुवाको उत्तरगया गाउँपालिका–१ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६  बस्ने ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, काभ्रेपलाञ्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका–२ का भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका–३ का अनिस मगर र भारतीय नागरिक सरोसन साह रहेका छन् । 

हाल पक्राउ परेका सातै जनालाई सम्बन्धित कारागारमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी परिसरका अनुसार उनीहरू डाँका चोरी, मानव बेचबिखन, लागूऔषध, ज्यान मार्ने उद्योग लगायतका मुद्दामा जेल परेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077