Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेनजी आन्दोलनमा सुनधारा कारागारबाट भागेका कैदी गुल्मीमा पक्राउ

जेनजी आन्दोलनमा सुनधारा कारागारबाट भागेका कैदी गुल्मीमा पक्राउ

आइतवार , माघ १८, २०८२

गुल्मी । जेनजी आन्दोलनमा फरार एक कैदी गुल्मीबाट पक्राउ परेका छन् ।  

जिल्लाको छत्रकोट गाउँपालिका–५ निवासी ६५ वर्षीय मानबहादुर सर्तुङ्गेल रेसुङ्गा नगरपालिका–८ बसपार्क क्षेत्रबाट आज बिहान पक्राउ परेका हुन्।

जेन्जी आन्दोलनको क्रममा काठमाडौंको सुनधारास्थित कारागार कार्यालय जगन्नाथ देवलबाट फरार रहेका ज्यान ज्यानसम्बन्धी कसुर मुद्दाका मानबहादुरलाई जिल्ला प्रहरी कार्यालय गुल्मीको कमाण्डमा खटिएको दुई जना प्रहरी टोलीले आज बिहान नियन्त्रणमा लिएको थियो ।

मानबहादुरलाई पक्राउ पश्चात कारागार कार्यालय तम्घास गुल्मीमा बुझाइएको गुल्मी प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077