Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिपक भट्टको माफिया सञ्जालमा बालेन ?

दिपक भट्टको माफिया सञ्जालमा बालेन ?

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिएका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह एकपछि अर्को विवादमा पर्न थालेका छन् ।

विवादित व्यक्तिहरुसँगको संगतका कारण उनीमाथि प्रश्न उठ्न थालेका छन् । चुनावी प्रचारका क्रममा उनले प्रयोग गरिरहेको गाडीको विषयलाई लिएर पछिल्लो समय उनको पारदर्शीतामाथि प्रश्न उठेको छ । उनी करिब आठ करोड मूल्य पर्ने ल्याण्डरोभर डिफेन्डर गाडी प्रयोग गरिरहेका छन् ।

यो गाडी करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीका छोरा रितेशको नाममा छ । मालपानीका छोरा नितेश मालपानी सञ्चालक रहेको त्रिमूर्ति इन्डष्ट्रिज प्रालिको नाममा उक्त गाडी रहेको छ ।

नेपाल बैंक लिमिटेडमा राखिएको उक्त गाडीको ऋणी त्रिमूर्ति इन्डष्ट्रिज प्रालि उल्लेख छ । कर छली लगायत विवादास्पद पृष्ठभुमी भएको व्यक्तिको गाडि प्रयोग गरेकोमा यतीबेला झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका बालनेको आलोचना भइरहेको छ ।

स्रोतका अनुसार यस प्रकरणमा बिचौलिया दिपक भट्टले बालेनलाई फसाएका हुन् । उनले बालेनका लागि आफुले गाडीको प्रबन्ध गर्ने आश्वासन दिएर यसरी मालपानीको गाडी दिलाएका हुन् । यस प्रकरणले बालेन पनि बिचौलिया भट्टको जञ्जालमा फसिसकेको प्रष्ट भएको छ ।

भट्ट तिनै व्यक्ति हुन्, जो आफैं सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा छन् । उनी सरकारमा जो आएपनि प्रभावमा पारेर नीतिगत भ्रष्टाचारको जालो चलाइरहेका छन् । उनले रास्वपालाई पनि आफ्नो प्रभावमा पारिसकेका छन् । भ्रष्टाचारविरुद्ध आन्दोलन गरेर अघिल्लो सरकारलाई अपदस्त गरी सुशासनको नारा लिएर चुनावमा होमिएका बालेन आफैं यसरी माफियातन्त्रमा फसेपछि उनको छवीमा पनि दाग लागेको छ ।

स्रोतका अनुसार मालपानी र भट्टको सम्बन्ध पुरानै हो । विगतमा करछली लगायतमा मुछिँदा पनि उनै भट्टले जोगाइदिएका हुन् । मालपानीका लागि फाइदा हुने गरी अर्थ मन्त्रालयबाट भट्टले नीतिगत निर्णय समेत गराएको स्रोत बताउँछ ।

मालपानीको नागरिकताको विषय पनि छानबिनमा छ । नक्कली नागरिकता प्रकरणमा पनि भट्टले नै मालपानीलाई जोगाइदिएका थिए । त्यसवापत भट्टले हिमालयन एसेस्ट्स म्यानेजमेन्ट प्रालिका नाममा ३ लाख ७५ हजार कित्ता सेयर श्रीराम टोबाको सेयर लिएका छन् ।

हामी नेपाल संस्थाले निरन्तर सहयोग गरेको भन्दै भट्टको इन्फिनिटी होल्डिङसलगायतलाई सम्मान समेत गरेको थियो। दीपक भट्टले गुरुङको संस्थालाई हालसम्म १२ करोड भन्दा बढी आर्थिक सहयोग गरेको खुलेको छ ।

भट्ट उनै व्यक्ति हुन् जसले रास्वपाबाट गोरखा-१ मा उम्मेदवारी दिएका सुदन गुरुङको संस्थालाई हालसम्म १२ करोड भन्दा बढी आर्थिक सहयोग गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077