Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट

आइतवार , पौष १३, २०८२

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा विशेष छुट उपलब्ध हुने भएको छ ।

बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएसँगै बैंकका ग्राहकहरुले छुट पाउने भएका हुन् ।

उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्सालर आईएमई हस्पिटालिटी प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।

बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक महानुभावहरूलाई आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतको आकर्षक छुट उपलब्ध हुने समझदारी भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘जसमा आईएमई हस्पिटालिटीले आफ्ना विभिन्न सेवाहरू जस्तै होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा १० प्रतिशतसम्म छुट उपयोग गर्न सक्नुहुनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।

उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077