Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त

बिहिवार , पौष १०, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।

नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका अग्रवाललाई बुधबार बसेको सञ्चालक समितिको ७४४ औं बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलज्यूबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याएका छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने दृढ विश्वास लिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077