Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यासिनो प्राइडमा काभेली समूहद्धारा ५४ करोडको लुटपाट, मुख्य नाइकेहरु अझै फरार

क्यासिनो प्राइडमा काभेली समूहद्धारा ५४ करोडको लुटपाट, मुख्य नाइकेहरु अझै फरार

बिहिवार , पौष १०, २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा हायात होटलस्थित क्यासिनो प्राइडमा ५४ करोड रुपैयाँ बराबरको लुटपाट र क्षति भएको खुलेको छ। काभ्रेली समूहले गरेको योजनाबद्ध लुटपाटका नाइकेहरु अझै फरार छन् ।

प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेपनि योजनाकारहरु अझै पक्राउ नपरेपछि प्रहरीमाथि समेत प्रश्न उठेको छ। प्रहरीले सेट्टी भन्ने दावा शेर्पा र रने भन्ने रजित खड्गीलाई पक्राउ गरेको छ ।

दाबा शेर्पाले उक्त क्यासिनोको टेबुल नै लिएर जुवा खेल्ने रखेलाउने गर्दैआएका थिए । उनलाई क्यासिनोको रकम कहाँ हुन्छ भन्ने थाहा भएकैले उनकै योजनामा लुटपाट भएकोले सीसीटीभी फुटेज नै क्यासिनो ब्यवस्थापनले प्रहरीलाई दिएको थियो ।

दाबाको काठमाडौँ प्रहरीका केही घुमुवा प्रहरीसँग कनेक्सन देखिए पनि प्रहरीले त्यसबारेमा खासै चासो देखाएको छैन। जसकारण केही लुटेराहरु भागेर विदेश जान सफल भएका छन्।

लुटपाटमा सलग्न अन्य एक दर्जन व्यक्तिको प्रहरीले पहिचान गरिसकेपनि उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । स्रोतका अनुसार लुटपाटका योजनाकारहरु सबै जसो काभ्रेली समूहका छन्। कोशीका कुलध्वज लामा योजनाकारमध्ये एक हुन्।

उनी विगतमा पनि गुण्डागर्दीको आरोपमा पटक–पटक पक्राउ परेका व्यक्ति हुन्। उनलाई अहिले प्रहरीले पक्राउ गर्न सकेको छैन । त्यस्तै, काभ्रेपलाञ्चोक नमोबुद्धका सञ्जय लामा, काभ्रे तेमालका कोरियन भन्ने राकेश लामा, मिलन मोक्तान, अनिल लामा, रितेश लामा, हम्बर काजी र कर्मासिंह लामा र दोलखाका सुमन घिमिरेको पहिचान भइसकेको छ ।

सिसिक्यामेरामै उनीहरुको अनुहार प्रष्ट देखिएको छैन । गिरोहका नाइकेहरुलाई प्रहरीले पक्राउ गर्न नसकेपछि सो समूहले थप अपराध गर्ने जोखिम बढेको छ।

२४ भदौको जेनजी आन्दोलनमा देश अस्तव्यस्त भएपछि उनीहरुले आफु जुवा खेल्ने क्यासिनोमै गएर लुटपाट गरेका हुन्। उनीहरुमध्ये रंञ्जित खड्गी क्यासिनोकै कर्मचारी हुन्।

लुटपाटपछि उनीहरुले क्यासिनोका सञ्चालकहरुलाई ज्यान मार्ने धम्की समेत दिएको अनुसन्धानमा खुलेको छ। यस्तो खतरनाक समूहमाथि प्रहरीको अनुसन्धान कमजोर देखिएको छ।

स्रोतका अनुसार फरारमध्ये केहीलाई काभ्रेली नेताहरुले तै संरक्षण दिएका छन्। केहीको प्रहरीसँगै निकटता रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077