Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

आइतवार , पौष ६, २०८२

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ ।

आज बिहान करिब ६ः३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर सप्तरीको राजविराज नगरपालिका-९ जगदरी घर भएका इन्टर्न डाक्टर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट उनी खसेका थिए । गम्भीर अवस्थामा फेला परेपछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।  उपचार क्रममा बिहान ७:२५ बजे उनको मृत्यु भएको हो ।

यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077