काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन भएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य आज एक प्रेस विज्ञप्ति जारी गरी प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन भएको जानकारी गराएका हुन् ।
बैंकका अनुसार प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलज्यू र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत एवं कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् ।
आज मिति २०८२/०८/०३ देखि लागू हुनेगरी नियुक्त भएका प्रमुख सूचना अधिकारी रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ–‘यस बैंकको बैंकिङ्ग सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी खड्काको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न वा [email protected] इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।’