Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऊर्जामन्त्री घिसिङ र प्राधिकरण प्रमुखलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

ऊर्जामन्त्री घिसिङ र प्राधिकरण प्रमुखलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । जेनजी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको भन्दै जेनजी मुभमेन्टले बर्खास्तीको माग गरेको हो ।

मुभमेन्टले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सानी हुने गरी गैर कानुनी विद्युत खरिद सम्झौता गरेर देशको आर्थिक स्वाधीनता माथि खुलेआम प्रहार गरिएको उल्लेख छ ।

यो सम्झौता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक सिलवालको मिलेमतोमा, विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको तथ्य प्रष्ट भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

यो कार्य सिधासिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो भन्दै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।

जारी वक्तव्यमा आफ्ना मागहरू राख्दै जेनजी मुभमेन्टले भनेको छ- 'ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ । विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।'

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077