Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसमा हेलिकप्टर दुर्घटना: पाँच जनाको मृत्यु, दुई घाइते

रुसमा हेलिकप्टर दुर्घटना: पाँच जनाको मृत्यु, दुई घाइते

शनिवार , कार्तिक २२, २०८२

एजेन्सी । रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रवार एक निजी हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

अन्य दुई जना घाइते भएका छन्। क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ।

स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप-स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए।

जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना सवार रहेको पुष्टि गरेका छन्।

सम्बन्धित अधिकारीहरूले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको उल्लेख गरे। अधिकारीहरूले रिपोर्ट गरे कि का–२२६ हेलिकप्टर ठोक्किँदा आगलागी भएको थियो। पूर्णरूपमा ध्वस्त भएको थियो।

क्षेत्रीय आपतकालीन सेवाहरूले उडानको इन्जिनमा आगो लागेको कारण दुर्घटनाको प्राथमिक कारण मानिएको छ।

दागेस्तानका लागि रूसी आपतकालीन मन्त्रालयको मुख्य निर्देशनालयले एक विज्ञप्तिमा भनेको छ कि किज्ल्यारबाट इज्बरबाश जाँदै गरेको निजी हेलिकप्टर बसोबास नभएको घरमा ठोक्किएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077