Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मेरो श्रीमानको जीवन सुरक्षित छैन, जेल बाहिरबाट मुद्दा लड्न दिनुपर्छ : निकिता पौडेल

मेरो श्रीमानको जीवन सुरक्षित छैन, जेल बाहिरबाट मुद्दा लड्न दिनुपर्छ : निकिता पौडेल

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले न्यायालयसँग बिगो तोकेर धरौटीमा मुद्दा लड्न दिन आग्रह गरेकी छन् ।

उच्च अदालत बुटवलमा सोमबार निवेदन दिँदै पौडेलले आफ्नो श्रीमानको जीवन सुरक्षा प्रश्नमा परेको दाबी गरिन् । “आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ,” उनले भनिन्, “मेरो श्रीमान भन्नुहुन्छ, यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिदेउ ।”

पौडेलले रवि लामिछानेलाई भैरहवा कारागारमा राखिएको अवस्थाबारे शंका व्यक्त गर्दै सरकारले नियतवश जेल सार्न आनाकानी गरेको आरोप लगाइन् । “उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन । यिनिहरुले किन जेल सार्न मानिरहेका थिएनन्, नियत के थियो, त्यो पनि बताइरहन पर्दैन,” उनले भनिन् ।

उनले प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट एक बन्दीलाई धम्क्याएको प्रसंगसमेत उठाइन् । “आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई संसद्बाट धम्क्याइरहेको देख्दा पीडादायी छ,” उनले भनिन् ।

“बिगो तोकिदेउ र त्यो बराबरको बैँक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देउ, मेरो आग्रह यत्ति हो,” पौडेलले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077