Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

शिक्षक महासङ्घ र निजी विद्यालयले देशव्यापी आन्दोलन गर्दै

शिक्षक महासङ्घ र निजी विद्यालयले देशव्यापी आन्दोलन गर्दै

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गरेर प्रदर्शन गर्ने भएका छन्।

संसदीय समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आज देशभर प्रदर्शन गर्न लागेका हुन्।

काठमाडौँको माइतीघर मण्डलामा भेला भएर बिहान ११ बजे संघीय संसद् घेर्न जाने तयारी भएको निजी विद्यालय सञ्चालकका संगठनहरूले बताएका छन्।

यही भदौ ५ गते संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विधेयकको नेपाल शिक्षक संगठनसँगै निजी विद्यालयका सञ्चालकहरूले पनि बिरोध गरिरहेका छन्।

विधेयकको विरोधमा प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्थाले आन्दोलनको घोषणा गरेका हुन्। विधेकमा राखिएको निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्ति लगायतका प्रावधान हटाउनुपर्ने उनीहरूको माग छ।

यस्तै नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आजदेखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ।

गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको महासंघ पुनः आन्दोलन गर्न लागेको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।

भदौ ११ देखि २० सम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा २ घण्टे धर्ना दिने सुवेदीले बताए । भदौ २१ देखि दोस्रो चरणको कडा आन्दोलन, जसमा धर्ना, अवरोध र विरोध प्रदर्शन हुने महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077