Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पनि रहेको छ ।

जसकारण देशभर आज साधारणतया बदली रही विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। साथै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077