Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ताप्लेजुङका एमाले नेता एवं वडाध्यक्ष सेन्दाङमाथि अज्ञात समूहको आक्रमण, अस्पताल भर्ना

ताप्लेजुङका एमाले नेता एवं वडाध्यक्ष सेन्दाङमाथि अज्ञात समूहको आक्रमण, अस्पताल भर्ना

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्षमाथि शनिबार अज्ञात समूहले आक्रमण गरेको छ।

एमालेका जिल्ला नेतासमेत रहेका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ पार्टीको जिल्ला कमिटी बैठक सकेर घर फर्कने क्रममा तोक्मेडाँडा क्षेत्रमा अज्ञात समूहले आक्रमण गरेको हो।

आक्रमणबाट गम्भीर घाइते वडाध्यक्षलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वडाध्यक्षको  शरीरका विभिन्न भागमा चोट देखिएको छ।

एमालेका अनुसार ५/७ जनाको समूहले सेन्दाङमाथि सांघातिक आक्रमण गरेको खुलेको छ ।

उनिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077