Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु, अर्का घाइते

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु, अर्का घाइते

आइतवार , भाद्र ८, २०८२

दाङ । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको गढवा गाउँपालिका १ धोद्रे पुल नजिकै आज चन्द्रौटाबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिपरले प्युठानबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा परी प्युठानको ऐरावती गाउँपालिका ५ का १९ वर्षीय सुशील थापाको मृत्यु भएको छ भने दुर्घटनामा सोही ठाउँ निवासी वर्ष २२ वर्षीय को प्रचण्ड थापा गम्भीर घाइते भएका छन्।

उनलाई भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077