काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाको आयोजनामा भइरहेको ‘नाडा अटो शो २०२५’ आइतबार सकिँदैछ ।
काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ गते शुरु १७ औं संस्करणको शो आज सकिन लागेको हो ।
सोमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई जोड दिइएको छ।
शोमा उड्ने कारदेखि अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्स’ कासाथै विभिन्न ब्राण्डका गाडी प्रदर्शनीमा राखिएका छन् ।
शनिबारसम्ममा १ लाख ४९ हजारले अवलोकन गरिसकेको अटोमोबाइल्स एशोसियसनले जनाएको छ ।