Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

शनिवार , भाद्र ७, २०८२

काठमाडौं । त्रिभुवनराज पथको हेटौँडा-काठमाडौं खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक आज सञ्चालनमा आएको छ।

ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैगरी हेटौडा-काठमाडौँ खण्डको कान्तिलोकपथको भिमफेदी गाउँपालिका-८ भर्‍याङडाँडामा हिजो गएको पहिरोले सडक अवरुद्ध भएकामा आज दिउँसो सो पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077