काठमाडौं । काठमाडौँको धापासीस्थित टोखामा पहिरो गएको छ।
शुक्रवारको अविरल वर्षाका कारण टोखा नगरपालिका-४ धापासी लाम्पाखा चोकमा पहिरो गएको हो।
पहिरोका काण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल ढाल्दा त्यस क्षेत्रमा शुक्रवारबाटै विद्युत् आपूर्ति समेत बन्द भएको छ। पहिरोसँगै रुख ढल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ ।
पहिरोसँगै रूख ढल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ। पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।