Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भारतीय र चिनको हस्तक्षेपविरुद्ध 'गो ब्याक' भन्दै भारतीय दूतावासअगाडि प्रदर्शन

भारतीय र चिनको हस्तक्षेपविरुद्ध 'गो ब्याक' भन्दै भारतीय दूतावासअगाडि प्रदर्शन

शनिवार , भाद्र ७, २०८२

काठमाडौँ। संयुक्त विद्यार्थी संगठनले भारतीय र चिनियाँ हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध आज भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन्।

लिपुलेकलाई व्यापारिक नाका बनाई चीन र भारतले नेपाली भूमि अतिक्रमण गरेका छन्। गो ब्याक इन्डिया चीन भन्दै लैनचौरस्थित दूतावासअगाडि प्रदर्शन उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

यस्ता सम्झौता र हस्ताक्षरले नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई गम्भीर रूपमा चुनौती दिएकाले विरोध गरिएको अखिल छैटौँका अध्यक्ष सुवास जिसीले बताए ।

यो विषयमा सरकारलाई पनि स्पष्ट धारणा सार्वजनिक, आवश्यक कूटनीतिक पहल गर्न र राष्ट्रियता संरक्षणमा दृढ कदम चाल्न समेत आह्वान गरिएको छ ।

प्रदर्शनमा सहभागीले ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, ‘गो ब्याक इन्डिया’, ‘गो ब्याक चाइना’लगायत नारा लगाएका थिए ।

‘गो ब्याक’ भन्दै भारतीय दूतावासअगाडि प्रदर्शनमा उत्रिए विद्यार्थी (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077