चितवन । पहिरो खस्दा नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका-५ स्थित तुईन खोलामा आज बिहान ६ः३५ बजे माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको हो ।
पहिरो खसेसँगै सडक डिभिजन कार्यालय भरतपुर र प्रहरीको टोलीले पहिरो हटाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो हटाउन काम भइरहेको बताइएको छ ।