झापा । झापामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
जिल्लाको शिवसताक्षी नगरपालिका-१० किराँतचोकमा शुक्रबार दिउँसो कुन्जिबारीबाट काँकरभिट्टा जाँदै गरेको मे १ ख २७७३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाइतेमध्ये पाँच महिला, दुई पुरुष र चार बालबालिका रहेका छन्। घाइते सबैलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ।
बस चालक मोरङ उर्लाबारी नगरपालिका-४ का ५६ वर्षीय मोहनलाल राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।