काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।
शुक्रबार बसेको सभाको बैठकले उक्त विधेयक पारित गरेको हो । पारित विधेयकमा आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।
योसँगै आमालाई वंशको अधिकार दिने व्यवस्थाले कानूनी मान्यता पाउनेछ ।