Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कोशीका पत्रकारद्वारा प्रदेशसभा गेटमा विरोध प्रदर्शन

कोशीका पत्रकारद्वारा प्रदेशसभा गेटमा विरोध प्रदर्शन

शुक्रवार , भाद्र ६, २०८२

विराटनगर । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।

संसदीय पत्रकारले कोसी प्रदेशसभा गेट परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए । पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको टोली परिसरबाहिर प्रदर्शन गरिरहेका थिए । सोहीक्रममा प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो ।

विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोध गरिरहेका छन् ।

नेपाल पत्रकार महासंघ कोसीका अध्यक्ष भरत खड्काले विधेयकप्रति आफूहरूको असहमति भएको बताए ।

पत्रकार र प्रहरीबीच घम्साघम्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077