Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा रास्वपाका नेता पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा रास्वपाका नेता पक्राउ

शुक्रवार , भाद्र ६, २०८२

बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन् । कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।

उनलाई चितवनबाट बुधबार पक्राउ गरी रुपन्देही लगिएको छ ।

कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान भइरहेको छ ।

रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ मा बस्न जाने क्रममा ठूलो मात्रामा त्रिभुवन विश्वविद्यालय सहित समेतको गरी विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १ सय वटा ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरू फेला पारेको थियो।

त्यस्तै विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली र ५ वटा स्ट्याम्प प्याड, त्रिभुवन विश्वविद्यालयको ४ हजार ४० थान रहेको २१ बन्डल होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान रहेको १९ प्याकेट, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान रहेको १७ प्याकेट नक्कली होलो ग्राम र स्टिकरहरू बरामद भएका थिए।

यसै गरी भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्क सिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट, ४९ वटा अन्य खाली प्रमाणपत्रहरू र ४० वटा खाली लोगो फेला पारेको थियो।

बयानका क्रममा यादवले हरिप्रसाद कँडेलका लागि काम गर्दै आएको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पूर्वशिक्षक समेत रहेका कंडेल चितवनमा शैक्षिक परामर्श केन्द्र चलाउँदै आएका र त्यसैको माध्यमबाट नक्कली शैक्षिक प्रमाणपत्रको बनाउने र कारोबार गर्ने गरेको खुलेको छ।

कँडेल यसअघि नक्कली सर्टिफिकेटकै विवाद सार्वजनिक भएपछि प्रधानाध्यापक हुन अयोग्य ठहर भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077