Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

थप ८० मेगावाट विद्युत् खरिदका लागि भारत सहमत

थप ८० मेगावाट विद्युत् खरिदका लागि भारत सहमत

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं ।  नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप ८० मेगावाट विद्युत् खरिदका लागि भारत सहमत भएको छ ।

बिहीबार भारतले मेवाखोलाको ४८.५ र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट विद्युत् लागि अनुमति प्रदान गरेको हो ।

वाइल्याटरल सम्झौता मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भारतले यसअघि नै एक हजार १०.९ मेगावाट विद्युत् खरिदका निम्ति सहमति प्रदान गरिसकेको छ । थपिएको ८० सहित भारतमा कुल बिजुली निर्यात क्षमता एक हजार ९०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

नेपालले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । योसंगै कुल निर्यात स्वीकृत ११ सय ३०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077