Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

अरिंगालको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु, पाँचजना गम्भीर घाइते

अरिंगालको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु, पाँचजना गम्भीर घाइते

शुक्रवार , भाद्र ६, २०८२

रोल्पा । रोल्पामा अरिंगालले टोक्दा एक बालकको मृत्यु भएको छ भने पाँचजना बालबालिका गम्भीर घाइते भएका छन्।

जिल्लाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँस्थित वीरेन्द्र माविमा अध्ययनरत ७ वर्षीय मोहन परियारको उपचारका क्रममा विहीवार मृत्यु भएको हो।

बिहीबार विद्यालयबाट घर फर्कँदै गरेका ६ जना बालबालिकाको समूहलाई अरिंगालले टोकेको थियो।

घाइते पाँच जना बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077