Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विद्यालय, विश्वविद्यालयमा कसैले पनि तालाबन्दी गर्न नपाउने व्यवस्था गरौँ : सुमना श्रेष्ठ

विद्यालय, विश्वविद्यालयमा कसैले पनि तालाबन्दी गर्न नपाउने व्यवस्था गरौँ : सुमना श्रेष्ठ

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने प्रावधान विधेयकमा राख्न माग गरेकी छन् ।

आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले भनिन्- 'विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस् । विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न पाउँदैन । विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले गर्न पाउँदैन, जुनसुकै कारण भए पनि, त्यो हामीले शिक्षकहरूको हकमा बन्द, हडताल गर्न पाउँदैन भनेर लेखेका छौँ । तर, हामीले त्यो कुरा निजीको लागि पनि लेख्नुपर्नेछ । विद्यालयहरू कुनै पनि बहानामा बन्द गरिनु हुँदैन ।'

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलक्रममा उनले विद्यालय, विश्वविद्यालयमा कसैले पनि तालाबन्दी, बन्द गर्न नपाइने विधेयकमै लेखिनुपर्नेमा जोड दिइन् ।

शिक्षकको हकमा बन्द, हडताल गर्न नपाइने विधेयकमै उल्लेख छ । उनले उक्त् प्रावधान निजी विद्यालयका निम्ति पनि राखिनुपर्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077