काठमाडौँ । गृह मन्त्रालयले २० जना सहसचिवको पनि सरुवा गरेको छ । जसमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका हुन् ।
गृह मन्त्रालयको निर्णयअनुसार काठमाडौंको सिडिओमा छविलाल रिजाल सरुवा भएका छन् भने काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई मन्त्रालयमा तानिएको छ ।
ललितपुरमा सहसचिव सुमन घिमिरेलाई खटाइएको छ ।
भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ । साथै पर्सा, दाङ र सिराहाका सीडीओ पनि फेरिएका छन् ।
