काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भेट्न नख्खु जाने भएका छन् ।
प्रचण्ड आज साँझ ६ बजे सभापति लामिछाने भेट्न नख्खु कारागार जाने तय भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई गत शनिबार ललितपुरको नख्खु कारागारमा स्थान्तरण गरिएको थियो ।