Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सामाजिक सुरक्षामन्त्री भण्डारी र सचिव पुस्करबीच कार्यसम्पादन सम्झौता

सामाजिक सुरक्षामन्त्री भण्डारी र सचिव पुस्करबीच कार्यसम्पादन सम्झौता

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करबीच कार्यसम्पादन सम्झौता भएको छ।

मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री र सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन्।

सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तरका आधारमा नतिजा हासिल गर्नेबारे सम्झौता भएको छ।

गत साउन २९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताप्रति आदानप्रदान गरिएको थियो ।

लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन तथा अनुगमन र मूल्याङ्कन गर्न यस प्रकारको सम्झौता पद्धति प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ भएको थियो ।

प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने हुन्छ, सोहि आधारमा सामाजिक सुरक्षामन्त्री भण्डारी र सचिव पुस्करबीच सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077