काठमाडौं । दार्चुलामा मुख्य सडक अवरुद्ध भएको छ ।
शैल्यशिखर नगरपालिका–६, तेरछ्र्यालेकमा गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिब ८ बजे उक्त स्थानमा पहिरो खसेको हो ।
गए रातिको वर्षापछि सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।