Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश प्रमुखसँग पृतनापति र प्रमुख जिल्ला अधिकारीको भेटघाट

सुदूरपश्चिम प्रदेश प्रमुखसँग पृतनापति र प्रमुख जिल्ला अधिकारीको भेटघाट

मंगलवार , भाद्र ३, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँसँग सुदूरपश्चिम पृतनापति प्रकाश देउजा र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले भेटघाट गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख मियाँले हालै सरुवा भएका पृतनापति देउजालाई बिदाइ गरेका थिए भने कैलालीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी लम्साललाई स्वागत गरेका थिए ।

भेटघाट कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शेखर कुमार रोकाया, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077