Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रुपन्देही-३ उपचुनावमा नाउपा अयोग्य, मधेशवादी दल अन्य विकल्प खोज्दै

रुपन्देही-३ उपचुनावमा नाउपा अयोग्य, मधेशवादी दल अन्य विकल्प खोज्दै

सोमवार , भाद्र २, २०८२

काठमाडौं । आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को प्रतिनिधिसभा उपचुनावमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुन नपाउने भएको छ।

निर्वाचन आयोगले सोमबार उपचुनावका लागि दर्ता भएका २६ दलको सूची सार्वजनिक गरेको छ, तर उक्त सूचीमा नाउपाको नाम छुटेको छ । आयोगका अनुसार आवश्यक कागजात तथा विवरण समयमै पेस नगरेकाले नाउपा अयोग्य ठहरिएको हो ।

यसअघि तराईरमधेश केन्द्रित दलहरूले उपचुनावमा नाउपाको उम्मेदवारलाई अघि सार्ने निर्णय गरेका थिए । तर अब नाउपा प्रतिस्पर्धाबाट बाहिरिएपछि ती दलहरू कसको समर्थन गर्ने भन्नेबारे फेरि चर्चा सुरु भएको छ ।

नाउपामा पछिल्लो समय आन्तरिक विवाद बढ्दै गएको छ । राप्रपा सांसद दीपक बोहोराको निधनपछि रिक्त बनेको रुपन्देही-३ मा अब कात्तिक १७ गते उपचुनाव हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077