म्याग्दी। म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ मार्गमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा रहेको निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो ।
उद्धारका लागि घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । मृतक र घाइतेको पहिचान भने खुलिसकेको छैन ।
घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।