चितवन । वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद श्रेष्ठ “नन्दन”को निधन भएको छ । आइतबार राति ९ः२५ बजे ९० वर्षको उमेरमा उनको निधन भएको हो ।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहेका नन्दनको पार्थीव शरीरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष सहनलाल प्रधानका अनुसार गीतकार नन्दन क्यान्सर रोगबाट पीडित थिए। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
उनले विभिन्न विधामा आफ्ना रचनाहरू प्रस्तुत गरेका छन् । उनले लेखेका गीतमा नातिकाजी लगायतले संगीत दिएका छन् भने विभिन्न चलचित्रका गीतमा पनि रचना छन् ।