Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रभु बैंक लिमिटेड र जोय स्टोरबीच विशेष छुट सम्झौता

प्रभु बैंक लिमिटेड र जोय स्टोरबीच विशेष छुट सम्झौता

आइतवार , भाद्र १, २०८२

काठमाडौं । प्रभु बैंक लिमिटेडले जोय स्टोर सँग वशेष छुट सम्बन्धी सम्झौता गरेको छ ।

न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले iPhone मा ५% र  acBook मा ५% र २०%  iPhone र MacBook का accessories हरुमा विशेष छुट पाउने भएका छन।

साथै Creditcard Holder हरुलाइ Instrapay Scheme बाट किस्ताबन्धी सुविधा पनि सहजै प्राप्त गर्न सक्नेछन् । सो छुट सेवासुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा जोय स्टोर का तर्फबाट कार्यकारी निर्देशक श्री गुरु दत्त शर्मा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर श्री रमेश कुमार श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

हालसालै 'बैंक अफ द इयर २०२३' को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर रहेका ३१२ शाखा कार्यलयहरु, २८६ एटीएम साथै ६८ भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077