Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ११ पुग्यो

विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ११ पुग्यो

आइतवार , भाद्र १, २०८२

काठमाडौं । कुवेतमा मिथानोलयुक्त मदिरा सेवनबाट बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ ।

मदिरा सेवनबाट बिरामी भई विभिन्न अस्पतालमा भर्ना भएका ४० जना नेपाली श्रमिकमध्ये अहिलेसम्म ११ जनाको मृत्यु भएको दूतावासले जनाएकोछ ।

अस्पतालमा भर्ना भएकामध्ये १५ जनाको आईसीयूमा उपचार भइरहेको छ । बाँकीको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नेपालीसहित २३ जना विदेशी श्रमिकको ज्यान गएको जनाएको छ ।

दूतावासले ज्यान गुमाएका नेपाली श्रमिकको शव नेपाल पठाउने विषयमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको समन्वय थालिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077