चितवन । सुक्खा पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि सवारी साधन गन्तव्यमा लागेका छन्।
पहिरोमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ ।